तर देखिन मैले
सरकार त यहाँ नि रहेछ
तर कुर्शी को तछाड मछाड देखिन मैले
गाडी त यहाँ पनि गूड्ने रहेछ
तर जलेर धुवा धुवा भएको देखिन मैले
महिला र बाल बालिका यहाँ नि रहेछन
तर बलत्कार हत्या हिँसा देखिन मैले
यहाँ त बाजो जमिन र मरुभुमी रहेछ
तर भोक र पानी को तिर्खा देखिन मैले
कल कारखना यहाँ नि रहेछ
तर आन्दोलन र हड्ताल् देखिन मैले
स्कुल र कालेज यहाँ नि रहेछन
तर विध्यार्थी सडक मा उत्रेको देखिन मैले
नत पहाड नत हिमाल रहेछ यहाँ
तर पर्यटक् को कमी देखिन मैले
नत नदी ताल नत झरना रहेछ यहाँ
तर लोडसेडिङ र अन्धकार देखिन मैले
जय राज जोशी
दत्तु-९ दार्चुला हाल दुबइ
