Skip to content

के यही हो राजनिति?


हतियारको दैाड र साँडेको जुधाई, अनि हत्या र हिँशा
भोकमरी र कुण्ठा, अनि मानसिक यातना – के यही हो राजनीति?
दन्ड र पुरस्कार, नियम र कानुन, अनि आ-आफ्नै डमरु
आ-आफ्नै गोरुको आ-आफ्नै टक्का – के यही हो राजनीति?

के यही हो राजनीति
आज एउटा धनवान
भोलि अर्कै धनवान
के यही हो राजनीति?

अब सिद्धान्तको मिठो छुरीले बलि नमाग है राजनीति
बरू ओखति बनेर आईदेउ है ती पुरानो घाउमा राजनीति

Leave a Reply

Your email address will not be published. Required fields are marked *