‘गयो तिमी ”
बिस्वास धेरै गर्ने गर्थे तिमीलाई
गयो मेरो बिस्वासलाई तोडी ,
एक्लै एक्लै यो मरुभूमिमा
पागल बनाइ मलाई छोडी !
तर खुशी छु मायालु
बिगतका पललाई सम्झी तिमि रुन्न भने,
बाचा कसमले श्राप दिंदा
पागल प्रेमी तिमि हुन्न भने !!
म बिन्ति गर्छु तिमीलाई
मायामा खेलबाट गर्ने नगर ,
फुलै पिच्छी भमरा झैँ
अरुको जिबनमा तिमि सर्ने नगर ……….!!
अरुको जिबनमा तिमि सर्ने नगर ……….!!!
राजेश रुम्बा लामा “अतृप्त”
दोहा कतार/..
