Skip to content

जोडी बनेर भेट्न,आउदा गरें नमस्कार !!


थाहै नपाई रेट्न, आउँदा गरें नमस्कार !!
जोडी बनेर भेट्न, आउँदा गरें नमस्कार !!

ओठले मुस्कान छर्दै, मधुर त्यो बोलीले !
निर्दोस मुटु क्षेंटन, आउँदा गरें नमस्कार !!

कुनै साइनो पाइन, अचानक तिम्लाई पुकार्न !
यो घुम्तीमा लेट्न, आउँदा गरें नमस्कार !!

ढुकढुकीमा साँचेको, अर्धआश बाँकी थ्यो तिम्रो !
त्यो आस तिम्ले मेट्न, आउँदा गरें नमस्कार !!

उसको हात समाएर, हाँस्दै के छ राज, रे मलाई !
यसरी मायाले गेंटन, आउँदा गरें नमस्कार !!

देश लामा
हाल-दोहा कतार
लम्जुंग सिम्पानी-९ बगैचा

Leave a Reply

Your email address will not be published. Required fields are marked *