म कवि बनुँ या नबनुँ
मेरो डायरीमा कविता लेखिएको हुनुपर्छ ।
म गायक बनुँ या नबनुँ
मेरो गीत कोइलीको स्वरमा गुन्जिएको हुनुपर्छ ।
म नायक बनुँ या नबनुँ
मेरो चेहेरा रंगमन्चमा चिनिएको हुनुपर्छ ।
म जनसेवी बनुँ या नबनुँ
मेरो आवाज शान्तिको धुनमा हुनुपर्छ ।
म प्रेमी बनुँ या नबनुँ
मेरो प्रेम पत्र हुलाकीले बोकेको हुनुपर्छ ।
म विश्वाशिलो बनुँ या नबनुँ
मेरो विश्वास हरकदममा छरिएको हुनुपर्छ ।
म कुबेर बनुँ या नबनुँ
मेरो घरमा एक छाक खान पुगेको हुनुपर्छ ।
म सुर्य पुत्र बनुँ या नबनुँ
मेरो हात भिकारीको माथि हुनुपर्छ ।
म धर्मात्मा बनुँ या नबनुँ
मेरो नामको धर्मशाला बनिएको हुनुपर्छ ।
म अम्बर बनुँ या नबनुँ
मेरो छवि इतिहासमा लेखिएको हुनुपर्छ ।
म बुद्ध बनुँ या नबनुँ
मेरो बुद्ध शोभाब झल्किएको हुनुपर्छ ।
म शिक्षित बनुँ या नबनुँ
मेरो शन्तान शिक्षित भएको हुनुपर्छ ।
म अन्धा बनुँ या नबनुँ
मेरो संसारमा ज्वोती फैलिएको हुनुपर्छ ।
म मनोनित बनुँ या नबनुँ
मेरो सेवा मालिकलाई पुगेको हुनुपर्छ ।
म शान्त बनुँ या नबनुँ
मेरो छातीमा शान्तिको झन्डा हुनुपर्छ ।
म विशाल बनुँ या नबनुँ
मेरो चन्द्र सूर्य झन्डा लहराएकोहुनुपर्छ ।
बाबु काजी भण्डारी (निर्दोष)
नेपाल
