एकपल्ट अब जोस देखाऊ
मात्र मनभित्र होस देखाऊ ।
जुत्ता नै चाहिन्न हिँड्नलाई
बेथिति विरूद्द दोष देखाऊ ।
कसैको जालले बेरिनु छैन
कपट मनमा रोष देखाऊ ।
कटु वाणी नसहनलाई
फिर्ता दिनुपर्ने ठोस देखाऊ ।
मुखले हैन कामले बाँचिन्छ
जीवन जिउने कोष देखाऊ ।
सीतापुरः 1 सप्तरी
