तिमी फूल बनेर फुल्नुपर्छ,
सबैतिर ज्ञानको सुगन्ध छर्नुपर्छ ।
तिमी पहेँलपुर धान बनेर झुल्नुपर्छ,
भोका नाङ्गाहरूको प्राणपखेरु भर्नुपर्छ ।
तिमी शिशिरको घाम बनेर झुल्किनुपर्छ,
लगलग काँपिरहने आङहरूको सहरा बन्नुपर्छ ।
यसैले,
तिमीले अल्छी नगरी पढ्नैपर्छ ।
आमा, बुबा र गुरुको उपदेश मान्नैपर्छ ।
असल र खराब छुट्याउन जान्नैपर्छ ।
अनुशासनलाई मूलमन्त्र मान्नैपर्छ ।
