Skip to content

रमेशलाई कमिलाले पाठ सिकायो

  • by


रमेश एक सुशील, इमानदार, मिहिनेती र बुद्धिमानी केटो हो । ऊ परिवारको एक मात्र सन्तान हो । त्यसैले उसलाई केही अभाव र दुःख छैन । कक्षामा पनि ऊ राम्रोसँग पढेर सधैँ प्रथम हुन्छ । रमेशको यस्तो चरित्र देखेर स्कुलका शिक्षकहरू पनि दङ्ग छन् । तर, रमेश पढ्दै जाने क्रममा कक्षा सातमा पुगेपछि केही बदमास साथीको सङ्गतले बिग्रिन थाल्यो । पढाइप्रति चासो दिन पनि छाड्यो । बिगि्रएको साथीको लहैलहैमा बदमासी काम गर्दै हिँड्न थाल्यो । कक्षा सातको वाषिर्क परीक्षा पनि भयो । विडम्बना ! रमेश फेल भएको नतिजा निस्कियो ।

आफू फेल भएकोमा रमेश साह्रै चिन्तित भयो । आफूसँगै पढेका साथी माथिल्लो कक्षामा पढ्न थाले । आफू चाहिँ एउटै कक्षामा दुई वर्ष पढ्नुपर्दा रमेश आफैँलाई आत्मग्लानी हुन थाल्यो । घरमा बाबु-आमाले पनि कराउन थाल्नुभयो । आफू फेल भएकोमा रमेशले सबैको गाली खानुपर्दा, आˆनो जीवन आफैँलाई बोझ लाग्न थाल्यो । अनि- “म केही काम नलाग्ने रहेछु, म केही गर्न सक्दिन । यस्तो कामै नलाग्ने जिन्दगीको के काम ? मैले बाँचेर के काम ? बरु मरिदिन्छु । अनि कसैको गाली त सुन्नु पर्दैन” भनेर सोच्न थाल्यो ।एकदिन बिहानै रमेश कसैले थाहा नपाउने गरी झुण्डिएर मर्छु भनी डोरी लिएर टाढाको जङ्गलतिर लाग्यो । जङ्गल धेरै टाढा भएकोले उसलाई हिँड्दा-हिँड्दा थकाइ लाग्यो । एकछिन थकाइ मार्नुपर्‍यो भनेर रमेश एउटा रूखको छहारीमा गएर बस्यो । त्यहाँ सोच्दै गर्दा एक्कासि उसको आँखा रूखमा चढ्दै गरेको कमिलामा पुग्यो । कमिला विस्तारै-विस्तारै माथि चढ्दै थियो, तर माथि नपुग्दै…….कमिला भुईंमा खस्थ्यो । कमिलाले यस्तो क्रम दोहोर्‍याइ रहृयो तर पनि कमिला माथि चढ्न सकेन । पटक-पटक चढ्दा-चढ्दा बल्ल-बल्ल कमिला दसौँ पटकमा माथितिर चढ्न सफल भयो ।

यो सबै दृश्य हेरिरहेको रमेश अकश्मात् झस्कियो । “हत्तेरी म कस्तो मूर्ख, एउटा कमिलामा त यस्तो साहस छ भने झन् म त मान्छे । यही कमिलाले त हिम्मत नहारी पटक-पटक गरेर माथि पुग्यो । म त एक पटक असफल हुँदा हरेस खाएर मर्न तम्सिएँ । धिक्कार ! छ मेरो बुद्धिलाई ! अब म फेरि र्फकन्छु, कोसिस गर्छु । कोसिस गरे कसो पास नभइएला त !

यो विचार लिएर रमेश घर फर्कियो । बाबा-आमासँग माफी मागेर मनको कुविचार सबै त्यागेर पहिलेजस्तै मिहिनेत र परिश्रम गरेर पढ्न थाल्यो । आखिर रमेश कक्षाकोा प्रथम भएरै छाड्यो । यसबाट रमेशले “हार भए पनि कहिल्यै हरेस खानुहुन्न रै’छ, आँटे असम्भव केही छैन” भन्ने कुरा बुझ्यो । फेरि पनि उसले पहिलेजस्तै प्रगति गर्न थालेको देखेर रमेशलाई स्कुलका शिक्षक-शिक्षिकाको साथै बाबा-आमाले पनि स्याबासी र माया दिन थाले । यसरी कमिलाले पनि रमेशलाई साहसको पाठ सिकायो ।

विष्णु विरही श्रेष्ठ “प्रगति” कक्षा ः १०

श्री भारती उच्च मा.वि., मेगर्पा, भदौरे-२, रामेछाप ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *