मैना चरी उड्यो वनैमा
माया लाग्यो मेरो मनैमा
ट्याउँट्याउँ बोल्यो त्यो
मनको कुरा खोल्यो त्यो
रूप त्यसको हरियो
हेरी दङ्ग परियो ।
मैना चरी उड्यो वनैमा
माया लाग्यो मेरो मनैमा
मैना चरी राम्रो छ
माया धेरै हाम्रो छ
उसको सानो संसार
थुनी पीर नपार ।
मैना चरी उड्यो वनैमा
माया लाग्यो मेरो मनैमा
घर छ उसको वनमा
आउँछ होला सम्झना
गयो वनकै पाखामा
गायो चिरविर भाकामा ।
सङ्घर्ष खनाल, कक्षा ः ८
गौतम निमावि, फूलबारी चितवन ।
