तिमी को लाग्छौ त अब मेरो ?
माया त पोहोर सालै मारी गयौ,
पाइला टेक्ने ठाँउ निर्मोहीले खनी छाड्यौ!
बिचमा पर्छ कालीखोला, लामो भयो तान
मनमा आउने बाटो अब, बगाई हाल्यो पुल
तिमीलाई त फागुन चैत लागे जस्तो छ
मेरो आँशुको भेल-बाडी बग्न अँझै बाकी छ!
जहाँ पनि जान्छु म, लाग्छ तिम्रो अनुभूति,
तिमी त मस्त निदाउछ्यौ, मेरा काली रात भाँती-भाँती!
माया गर्ने बानी मेरो, तिमीलाई मन परेन छ
भूल भयो हे प्रिय मलाई माफ गरिदेऊ!
पुण्य काम मलाई अब तिम्रो हातले नै गरिदेऊ
कहीं छैन अन्त मेरो अरु कुनै सहारा !
जगमा अरु के नै पाइन्छ र? विपरीत मायाको बदला
मायाको नाउँमा नरक दियौ मलाई उपहार- उपहार…!!!

very nice milan karki je r u
very nice milan karki je r u fine……….????