तिमीसँग बिताएका रातहरू सम्झँदैछु
तनभरि कुदाएका हातहरू सम्झँदैछु,
दूर हुँदा तिमीबाट नपाउँदा स्पर्श त्यो
युगल मनका बराबरी मातहरू सम्झँदैछु,
एकान्तमा हराउँदा सम्झनामा तिमीसँग,
पिरतीका मिठा मिठा बातहरू सम्झँदैछु,
समयको नियतिले अलग हुँदा तिमी र म
यो मुटुमा परेको त्यो बज्रपात सम्झँदैछु,
तीर्थ “यात्री”पौडेल
लखनपुर ३,झापा,नेपाल,
हाल:बहराइन,
