कान्छा तिमी आउने दिन पर्खी बसेकी छु
दुनियाँको नजरबाट तर्की बसेकी छु,
नभुल्नू है बाचा कसम देउरालीमा खा’को
तिमी आउने बाटैतिरै फर्की बसेकी छु,
कुरा काट्छन पँधेरा तिमीसँग नाम जोडी
शंका लागी मुटु कुना चर्की बसेकी छु,
कता गयौ कान्छा तिमी बेखबर छौ नि किन?
तिम्रो यादमा बेहाल भई मर्की बसेकी छु,
तीर्थ (यात्री) पौडेल
लखनपुर ३, झापा, नेपाल
हाल:बहराइन,
