Skip to content

मुङ्ग्रो भइएछ

  • by


ठक्कर खाँदा खाँदा मुङ्ग्रो भइएछ
मनको बाघ तर घरको जुम्रो भइएछ।

हर्ताकर्ता थिएँ जब ढोग्न आउँथे सबै
अहिले भने निभेको भुङ्ग्रो भइएछ ।

मीठो खाने लोभले घर ज्वाइँ बस्दा
श्रीमतीको बोलीपिच्छेको डुम्रो भइएछ ।

गिद्देदृष्टि ससुराको मैमाथि पर्दा
लिपपोतपछि फाल्नुपर्ने झुम्रो भइएछ ।

दोषी भइयो आफैँ, छोरीछोरी जन्मदा
छोरोपछि फाल्नुपर्ने अम्रो भइएछ।

तपेश्वरीः १ उदयपुर

Leave a Reply

Your email address will not be published. Required fields are marked *