कुन नाता जोडुँ मुटुभित्र छुरा धस्नेसँग
मध्यरातबिच अचानक घाँटी कस्नेसँग
अंगालोमा बाँधी सधैं कहाँ बस्न सक्छु र म?
बिशक्त सर्प झैं बनी अनाहक डस्नेसँग
मैले मात्रै मानवको कुन व्यबहार गरूँ
पाखण्डी दानवभन्दा झनै तल खस्नेसँग
सधैं जलन पीडा पछुतो छट्पटी मात्र छ
पैसाको लागि देश छोडी मुग्लान पस्नेसँग
साँच्चै यो खिलाफी डराएको छ यहाँ साथी
ज्यान मार्ने नियतले बाटो ढुकी बस्नेसँग
खगेन्द्र खिलाफी
पाख्रिबास धनकुटा
हाल: दोहा, कतार
