Skip to content

माया लगाऊ खुलेर

  • by


कि तिमीलाई पत्यार छैन?
कि तिमीलाई स्वीकार छैन?
होइन भने माया लगाऊ खुलेर
मलाई बाहेक संसारलाई भुलेर

आजै भन के कारणले म तिमीलाई सुहाउँदिन?
सबथोक दिन नसके नि म तिमीलाई रुवाउँदिन!
कि अरु नै कोही छ तिम्रो?
कि मिल्दैन जोडी हाम्रो?
होइन भने माया लगाऊ खुलेर
मलाई बाहेक संसारलाई भुलेर

आजै भन के कारणले डराउछ्यौ माया गाँस्न
मलाई त स्वीकार्य छ तिमीसँगै मर्न बाच्न
कि खोजेको मान्छे भइन?
कि मायामा बिस्वास छैन
होइन भने माया लगाऊ खुलेर
मलाई बाहेक संसारलाई भुलेर

Leave a Reply

Your email address will not be published. Required fields are marked *