Skip to content

जात हुँदैन सानो ठुलो

  • by


कोही हुँदैन आकासको जून कोही हुँदैन धर्तीको धुलो
मरेर जाने ज्यान हो हजूर जात हुँदैन सानो ठुलो

इनार खन्ने हातहरूले छोएको पानी किन चल्दैन
मूर्ति कुँद्ने मानिसले इश्वरलाई पूज्न किन मिल्दैन
कसैलाई सानो कसैलाई ठुलो देखाउने त्यस्तो कहाँ छ चुलो?
मरेर जाने ज्यान हो हजूर जात हुँदैन सानो ठुलो

घर बनाउने मानिसले भित्र जान किन मिल्दैन
धान उमार्ने मनहरूले सँगै खान किन मिल्दैन
सबैका घरमा आगो नै बल्छ अर्थोकै बल्ने कहा छ चुलो?
मरेर जाने ज्यान हो हजूर जात हुँदैन सानो ठुलो

Leave a Reply

Your email address will not be published. Required fields are marked *