Skip to content


यै स्याङ्जा छ निकै सुरम्य रसिलो सारा सबै जान्दछन्
पानीको छ प्रभाव स्वाद गतिलो मीठो सबै मान्दछन् ।
झर्ना सुन्दर औ मनोरम हुने छाँगा र खोल्साहरु
उस्तै शब्दहरु छ गुञ्जन यहाँ मैना चखेवाहरु ॥

चारै भागमहाँ बनौषधीहरु पाइन्छ खोजी गरे
यस्तो सुन्दरता बनौट गतिलो पाइन्न अन्तै अरे ।
कालीको बिजुली बिकास गतिलो गङ्गा हुँदा सुन्दर
चौतर्फी सबका पुगेर घरमा बल्दै छ चारैतिर ॥

भाई आउनु है कसै गरितिमी निम्ता मलाई भयो
दाजैका नजिकै भएर रहने मेरो इरादा थियो ।
साह्रै प्यार ममा गरीकन यहाँ निम्ता मलाइ भयो
कैल्यै भुल्न कवै सकिन्न मनले गाँजेर मन्मा रह्यो ॥

उस्तैसाथ मिलेर अग्रजहरु जुट्यौँ सबै साथमा
यात्रा सुन्दर भो मिलेर सङमा स्रष्टा सबै साथमा ।
स्याङ्जानै रसिलो बसाइ गतिलो स्रष्टाहरु माझमा
काट्यौँरात यहाँ बसेर सजिलै सद्भावका साथमा ॥

राम्रो साइत नै जुरेछ अहिले स्रष्टा सबै भेटिए
भित्री प्यास थियो सबै निकटको तिर्खा सबै मेटिए ।
पूर्व पश्चिमकै सबै जनहरु विद्वान स्रष्टा थिए
आ-आफ्नै रचना पढेर सबले इच्छा पुर् याई दिए ॥

शार्दूल विक्रीडित छन्द म स ज स त त गु
१९ अक्षर ऽऽऽ.ऽ॥.ऽ।ऽ.।ऽऽ.॥ऽ.ऽ॥.ऽ १२।७ मा विराम

अध्यक्षः पल्लव साहित्य प्रतिष्ठान,
अध्यक्षः गजल मञ्च चितवन,
गजलकुटेरी विशालमार्ग नारायणगढ चितवन ।

1 thought on “मनोरम स्यङ्जा . . .”

Leave a Reply

Your email address will not be published. Required fields are marked *