मातृभूमिको हितमा अब दिलोज्यानले डटौँ हजुर
एकै बृक्षको शितल ताप्दै गरिबी रेखा कटौँ हजुर।
सुतेकालाई नबिउँझाई आफ्नै सुरमा अगाडि बढ्दा
भुलमा भुल थप्दै जाँदामा कराल बन्छ हटौँ हजुर ।
मौकामा मुख नखोल्ने हुँदा चपरीमुनि भयो निवास
लुटेराबाट सधैँ लुटिने समुहबाट छटौँ हजुर ।
अर्कैले घर बनाइदेओस् भन्ने विचार त्यागेर मात्र
आफ्नो कामको आफैँ मालिक रहने सूत्र रटौँ हजुर ।
