ढुक्क हुनु दाई डिसटिनसन ल्याउछ भाई राम्रो पढ्दै छ ,
दाई एक बोरा पैसा पठाउनु काठमाडौँमा महंगी अत्ति बढ्दै छ ,,
के मीठो के नमीठो दुइ छाक टार्न गार्हो भो यहाँ
चामलको भाउ किलोकों सय बाट अल्ली घट्दै छ
दाई एक बोरा पैसा पठाउनु काठमाडौँमा महंगी अत्ति बढ्दै छ
छोडेँ दाई जीरा चामल सोना,सावित्री खान गार्हो भो यहाँ
के भइस साथी भन्छन सबै, दुब्लायर आखाँ गड्दैछ
दाई एक बोरा पैसा पठाउनु काठमाडौँमा महंगी अत्ति बढ्दै छ
आफू पाँच तारे धाउछन् अनि खान्छन चौरासी व्यंजन
अनि भन्छन फोहोरी नेता अब छिट्टै महंगी घट्दैछ
दाई एक बोरा पैसा पठाउनु काठमाडौँमा महंगी अत्ति बढ्दै छ
जनता भएर जिउनु भन्दा नर्कै भए पनि जानु बेस भो
त्यसैले अब तिम्रो भाई नि यहाँ छिट्टै चुनाब लड्दैछ
दाई एक बोरा पैसा पठाउनु काठमाडौँमा महंगी अत्ति बढ्दै छ
मित्र पाठक ‘राजु’
किर्तिपुर, काठमाडौँ