नाङ्गो वक्ष उजाड गाउँ बिचको स्यौले कुटी झोपडी
नाना-माम-बुबू मरे नि कतिका चित्कार छन् हर्घडी ।
जाडो याम हुँदा चिसो ठिही बढी कक्रयाउँदाका दिन
न्यानो घाम भएर पोखिन सके हुन्थ्यो कि भैँ लाग्दछ ॥
कैले लाग्छ बनाउँ पोष्य मसिनो तङ्र् याउने भोजन
कैले लग्छ बनूँ गरीवहरुको उत्साह औ रोगन ।
आँटेको मनले समग्र बलले सारा खन्याए पनि
छेकिन्छू कुन शक्तिका रहरले पुग्दैन केही पनि ॥
चर्को घाम हुँदा बनूँ कि सबको छाहारी झैँ लाग्दछ
चोखो जीवन हो भने पनि यहाँ पाइन्न के लाग्दछ ।
वर्षा भै मत आउँछू पनि भने – कुर्लन्छ त्यो बादल
केले सत्य अलापियो जगतको को गर्छ यस्तो छल ॥
खाली पेट शरीर नग्न सबको चाहिन्न भो छल्फल
तिम्रो भाषणको मीठो फल स्वयम् खाऊ तिमी खल्खल ।
सक्दैनन् यतिसम्म बोल्न बिचरा घट्दैन के वाचना
के हो सत्य यथार्थ दीनहरुको कााे गर्छ अभ्यर्थन ॥
मेरै साथ थिए हिजोतक यहाँ साथी र आफन्त भै
मैले झैँ मनभित्रको बह लिई हिड्थे कुनै छैनझैँ ।
तिन्कै फुर्ती छ आज उच्च तहको गर्जेर बोल्छन् उनै
पैलाका मृदु-भावना जति सबै बिसे्रर बोल्छन् उनै ॥
छन्दः शार्दूल विक्रीडित म स ज स त त गु
१९ अक्षर ऽऽऽ.ऽ॥.ऽ।ऽ.।ऽऽ.॥ऽ.ऽ॥.ऽ १२।७ मा विराम
अध्यक्षः स्याङ्जा सात्यि प्रतिष्ठान
पुतलीबजार – १२, स्याङ्जा ।

नाङ्गो वक्ष उजाड गाउँ बिचको
नाङ्गो वक्ष उजाड गाउँ बिचको स्यौले कुटी झोपडी
नाना-माम-बुबू मरे नि कतिका चित्कार छन् हर्घडी ।
जाडो याम हुँदा चिसो ठिही बढी कक्रयाउँदाका दिन
न्यानो घाम भएर पोखिन सके हुन्थ्यो कि भैँ लाग्दछ ॥
Dherai pachhi yo bhavanaka poko sunda khusi lagyo