म नदी हूँ!
म जल हूँ!
म वायु, बादल, थल, जताततै फैलिने गर्दछु!
म थोपा-थोपा जम्मा भै नदीमा परिणत हुने गर्दछु!
मेरो अस्तित्व कालान्तर देखि शदियौंसम्म निराकार छ!
मेरो अंश प्रत्येक प्राणीको देहमा लिन छ, म अमर छु!
म कठिन भन्दा कठिन बन्धनहरूलाई फुकाई अघि आएको छु!
म अग्ला -अग्ला हिमाल पहाडहरूलाई अंगमालो लगाई झर्ने गर्दछु!
जमीनको होचो अग्लो भू-भागलाई मैदान बनाउदै हिंड्दछु!
मेरो तीव्रताको कारण मेरो पानीमा भूमरी खेल्ने गर्दछ!
भूमरीमा पानी चक्रिदै हिड्ने गर्दछ!
सिर्फ म समुद्रदेखि महासागरसँग मिल्ने आशा
बोकी ठुला-ठुला पहाड, ढुंगाहरूबाट निक्लिआएको छु!
मेरो बाटो म आफै रोजी हिड्ने गर्दछु!
म जीवन-जीवन्तर गतिशीलतालाई जिन्दगी मान्ने गर्दछु!
मैले अनेक चट्टानहरूलाई आफ्नो पानीले दबाई,
अनि उनीहरूको शीरमा शिवधारा बनी हिड्ने गर्दछु !
म मेरो इच्छा अनुसार आफ्नो गति बढाई अघि बढ्ने गर्छु !
हरियाली मेरो साथसँग रमाउदै हेरी बस्छन,
मेरो हरेक पद-पदमा अनेक रंगहरू प्राप्त छन् !
अनेक जीवजन्तु प्रत्येक पल-पलमा मेरो जल सेवनको आनन्द लिन्छन !
म खु:शी छु मलाई सबैले माया गर्छन !
फेरि पनि संसारको रंग-ढंग देखेर मेरो मन दु:खी हुन्छ!
मेरो स्वर मधुर छ, पवित्र छ, मेरो जल जीवन दान छ, गरीब किसानको प्राण छ!
प्रत्येक जीवन्तमा लीन छ!
म गरिब-दु:खीहरूको बेदनाको नास गर्ने गर्छु!
जीवनको सबै रस रंगलाई त्यागी म अघि नै बढ्दै जान्छु!
मेरो यहा सबैको लागि स्वागत छ, सम्मान छ!
मेरो जल सबैको लागि समान हो!
म गतिशीलतालाई नै जीवनको लक्ष्य मान्दछु!
हे काल महाकाल म तिमीसँग नै होड गर्न चाहन्छु!
कालान्तर – कालान्तरको मेरो यात्रा छ!
म नदी हूँ – म नदी हूँ – म नदी हूँ !!!
मिलन कार्की
बाग्लुंग रेशा -४, नेपाल.
हाल : साउदी अरब
