Skip to content

फेरि बुद्ध खोस्न खोज्छौं

GitaThapaDoshi


सिमाना त ! मिच्यौ मिच्यौ फेरि बुद्ध खोस्न खोज्छौ?
हाम्रो रीति हाम्रो थिति हाम्रो अस्तित्वमा इर्ष्याले जल्छौ?

नालापानी किल्लासँग लड्नेका सन्तान अझै जीवित छन्
नेपालको कपिलबस्तुमा जन्मेका बुद्ध नेपालीका धड्कन हुन

बुद्धका उपदेशमा बिष घोली भिन्नता ल्याउँने कोशिस नगर्नू
वीर नेपालीका वीर सन्तानलाई कमजोर ठानी शिर नटेक्नू

असत्यलाई सत्य बनाई कति दिन दुनियाँका आँखा छल्छौ?
जब रामको जन्म हुन्छ तव उठ्नै नसक्ने गरी भुइँमा ढल्छौ

झूठो मान-शानका खातिर सत्यलाई असत्यले छोप्न नखोज
शान्ति रोज्दा सब नै भलो कोलाहलपूर्ण अशान्ति बाटो नरोज

बिन्ती हाम्रो मौनतालाई कमजोर ठानेर प्रहार गर्ने भूल नगर्नू
नेपाली हुन बुद्ध नेपालीका काखबाट खोस्ने झूठो जाल नरच्नू

गीता थापा (दोषी)

Leave a Reply

Your email address will not be published. Required fields are marked *