Skip to content


संविधानमा नेपालीको पहिचान लेखिदेऊ ।
यस राष्ट्रको गौरव र स्वाभिमान लेखी देऊ ।।

लेखी देऊ यो नेपालीको, हिमाली सभ्यता ।
भृकुटी, जनक, सीताको सम्मान लेखी देऊ ।।

जनयुद्धमा, जसले दिए आहुति प्राणको ।
ती देशभक्त शहिदको, वलिदान लेखी देऊ ।।

विभिन्न धर्म, वर्ण, लिङ्ग र जातिको लागि ।
समान हक र प्रगतिको, विधान लेखी देऊ ।।

विश्वमानव हितको लागि, गौतम बुद्धको ।
अहिंसा, प्रेम, शान्तिको आहृवान लेखी देऊ ।।

अभियान लेखी देऊ, सगरमाथा विजयको ।
नेपालीका अद्वितीय, दास्तान लेखी देऊ, ।।

सम्पूर्ण मानव जातिको, कल्याणको लागि ।
मानवताले भरिएको, संविधान लेखी देऊ ।।

स्वर्ग पनि गर्दछ, जुन धरतीलाई नमन ।
त्यो धरतीको सौन्दर्य र गुणगान लेखी देऊ ।।

भरिए छ वीर गाथाले, इतिहास तै पनि ।
ए, ‘प्रकाश’ केही नयाँ र महान् लेखी देऊ ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *