Skip to content


खर्पन बोक्ने काँधमा नेपाल बोकेर
फाटेको तनमन टालोले छोपेर
अनवरत नथाकी हिंडिरहेछ उकाली ओराली ।

कर्मले ऊ नेपाली !
धर्मले ऊ नेपाली !
मर्मले ऊ नेपाली !

देशको मानचित्र डोकोभित्र बोकेर
ठेला उठेको औंलामा कलम कल्पेर
सुख दु:ख साँट्तै माया बाँट्तै भन्ज्याङ् चौतारी ।

मन उसको नेपाली !
मुटु उसको नेपली !
धड्कन सारा नेपाली !

नीहारिका लक्ष्मी शाही

1 thought on “ऊ नेपाली”

Leave a Reply

Your email address will not be published. Required fields are marked *