Skip to content

हेटौँडामा साहित्यिक कार्यक्रम तथा पुरस्कार वितरण सम्पन्न


मातृभूमि साहित्य समाज हेटौँडाले विभिन्न पुरस्कारहरू वितरण गर्यो ।  मातृभूमि साहित्य समाज हेटौँडाले विभिन्न पुरस्कार वितरण तथा स्रष्टा सम्मान कवि गोष्ठी सु-सम्पन्न गर्यो । कार्यक्रम संस्थाका अध्यक्ष श्री देवराजज्यूको अध्यक्षता र वरिष्ठ गीतकार प्रेमविनोद नन्दनको प्रमुख आथित्यतामा संचालन भएको थियो। पुरस्कारको विवरण निम्न प्रकार छ।

-स्व. श्याम श्रेष्ठ राष्ट्रिय पुरस्कारबाट वरिष्ठ कथाकार श्री परशु प्रधान (काठामण्डौ) पुरस्कृत।
-रुकु कार्की राष्ट्रिय पुरस्कारबाट वरिष्ठ छन्दमार्गी कवि श्री गोविन्दराज विनोदी (गैँडाकोट, नवलपरासी) पुरस्कृत।
-यति फाइनान्स पुरस्कारबाट वरिष्ठ निवन्धकार श्री रामबाबु घिमिरे (रत्ननगर, चितवन) पुरस्कृत।
-नित्य गोविन्द स्मृति संगीत पुरस्कारबाट श्री इश्वर खड्का र शेखर शर्मा, (मकावनपुर) पुरस्कृत।
-रिजाल स्मृति शिक्षा पुरस्कारबाट एस.एल.सी.परिक्षा २०६६ मा मकावनपुर जिल्लाभरिमै उच्च स्थान प्राप्त गर्ने विद्यार्थीहरूमा छात्रतर्फ श्री आशिष अधिकारी र छात्रातर्फ सुश्री श्रृष्टि पुँडासैनी दुइजनालाई जनही रु. १५०००।– का दरले पुरस्कृत।
-मातृभुमि साहित्य सम्मानद्वारा दार्जालिङ निवासी स्रष्टाद्वय जोगेन दर्नाल र श्रीमती गीता क्षेत्री सम्मानित।

सोही अवसरमा यमुनाप्रसाद गौलीद्वारा लिखित स्मृति-आलोक नामक छन्दात्मक वन्दना काव्यको पनि बिमोचन भएको थियो । कार्यक्रम संस्थाका संस्थपक अध्यक्ष हयागृव आचार्यले संचालन गर्नु भएको थियो। उक्त कार्यक्रममा वितरित पुरस्कारका स्थपानकार महानुभावहरू, मकावनपुर जिल्ला भित्रका स्थानीय स्रष्टा एवम् द्रष्टाहरू, पत्रकारहरू, बारा, पर्सा र सिन्धुली, काठमाण्डौ, धनुकुटा, गुल्मी, नवलपरासी र चितवनका स्रष्टाहरूको बाक्लो उपस्थिति रहेको थियो। अतिथिहरू सबैले आ-आफ्ना रचनाहरू वाचन गरेका थिए ।

1 thought on “हेटौँडामा साहित्यिक कार्यक्रम तथा पुरस्कार वितरण सम्पन्न”

  1. सह्रानीय काम छ। भविष्यमा पनि
    सह्रानीय काम छ। भविष्यमा पनि यस्तै समाचारहरूको अपेक्षा गर्दछु।

Leave a Reply

Your email address will not be published. Required fields are marked *