Skip to content

भुर्र–भुर्र उड्छे वनकी चरी


भुर्र–भुर्र उड्छे वनकी चरी
भुर भुर भुर भुर भुर भुर भुर
वल्लो डाली पल्लो डाली चाहर्छे
मन भो क्यारे फुर फुर फुर फुर

लजाउँछे, धकाउँछे, सर्माउँछे घरी–घरी
छेवै आई भागिदिन्छे डराए झैं गरी–गरी
सुमधुर गीत उस्को सुनौं सुनौं लाग्यो
मलाई सुनौं सुनौं लाग्यो
झ्याप्पै मनको पिंजडामा थुनौं थुनौं लाग्यो
मलाई थुनौं थुनौं लाग्यो
भुर्र–भुर्र………

एकान्तमा कहिलेकाहीँ एक्लै बसी टोलाउँछे
लुकी–लुकी चियाउँदै इशाराले बोलाउँछे
किन होला उस्कै छेउ परौं परौं लाग्यो
मलाई परौं परौं लाग्यो
सुटुक्क त्यो दिल चोरी गरौं गरौं लाग्यो
मलाई गरौं गरौं लाग्यो
भुर्र–भुर्र………

मन्द–मन्द मुस्कान त्यो भित्र भित्रै लुकाउँछे
मनको कुरा भन्नै नपाई शीर आफैँ झुकाउँछे
उस्को लाजको घुम्टो आज खोलौं खोलौं लाग्यो
मलाई खोलौं खोलौं लाग्यो
त्यै चरीको भाषा आफू बोलौं बोलौं लाग्यो
मलाई बोलौं बोलौं लाग्यो
भुर्र–भुर्र………

2 thoughts on “भुर्र–भुर्र उड्छे वनकी चरी”

  1. प्रकाशजी
    मिठो रहेछ। साधारण

    प्रकाशजी

    मिठो रहेछ। साधारण तर शक्तिशाली शब्दहरूको प्रयोग देखें। लेख्दै जानुहुनेछ भन्ने आशा गर्दछु।

Leave a Reply

Your email address will not be published. Required fields are marked *