श्रावण १५, २०६७ शनिबार।
आदर्श साहित्य समाज, नवलपरासीले अाज एक कार्यक्रम सम्पन्न गर्यो ।
संस्थाका सदस्य लेखाराम सापकोटा निर्दोषयात्रीको सभापतित्व र समाजका अध्यक्ष एवम् आदर्श राष्ट्रिय विविधका प्रधान सम्पादक सुजन अधिकारी स्वयम्ले संचालन गरेको उक्त कार्यक्रमका प्रमुख-अतिथि प्रेमविनोद नन्दन हुनुहुन्थ्यो ।
उक्त शुभ अवसरमा प्रा डा नारायणप्रसाद खनालद्वारा लिखित स्वप्न-यात्रन र चिठी नामक निबन्धसङ्ग्रह एवम् आदर्श राष्ट्रिय विविध साहित्यिक पत्रिका बिमोचन भएको थियो ।
एस पि एन कलेज गैँडाकोटको प्रेक्षालयमा संचालित भएको उक्त कार्यक्रममा गोविन्दराज विनोदी, डी आर पोखरेल, कपिल अज्ञात, गोर्खेसाइँलो, पुष्प अधिकारी अाजलि, प्रभाकर पण्डित, रमेश प्रभात, कृष्णाकुमारी शर्मा श्रेष्ठ, विजय ज्ञवाली, राधा पाण्डे, बिष्णु तिवारी, उषा विनोद अनुज, भुपिन व्याकुल लगायत विभिन्न ८३ स्रष्टाहरुले आ-आफ्ना चचना वाचन गरेका थिए ।
