Skip to content


अभावको सुमेरु उक्लन
भगीरथ प्रयास गर्दा
महंगीको सगरमाथाले
थिचिएर केचना भएपछि,
जिजीविषाको मृग मरिचिका पालेर
गोधुलीको बिदाई पश्चात
शुरु गरेर दिनचार्य विवश बाँची रहेकी
म नगरबधु
कोलाहलपूर्ण मेरो आवासगृहमा
फुलाउदै सपनाका मन्जरीहरू
अत्यास लाग्दो र बिसक्त
अंगालोको पर्खाइमा
सदियौंदेखि थपेर यौवनको
ब्यापार,
बालीरहने गुजाराको चुह्लो
म नगरबधु
बाँच्नुको लालसा पालेर
मरिरहेछु प्रत्तेक पल
सडकदेखि गगनचुम्बी महलमा
अंगालोमा जगडिएर,
यौनामत्त नरपिण्डहरूको
हुस्की, बियर, लोकलदेखि
खोया बिर्केसम्मको तातो
प्रस्वाश पिएर टाली
रहेछु लिंग जनित चिह्नहरू,
म नगरबधु
यौन पिपाशु जो कोहीका कचहरीदेखि
आलिशान महलका अटालीसम्म
प्रेम पार्कदेखि तारेहोटलका बिस्तारासम्म
अत्यास लाग्दो अँगालोदेखि
सोमरस सहित बाहुपाससम्म
मन्थनकी सहयात्री
म नगरबधु,
साधारण बटुवा हुँदै
उच्च ओदाहाका बडाहाकिम
अनि पार्टीका खेतालादेखि
राजनेताका पटांगिनीसम्म
रात रंगाउने म भियाग्रारुपी
नगरबधु
कौमरिर्य खण्डित नहुँदै
अँझ भनौं ऋतुमति नहुँदै
ओछ्याएर प्रणयको तन्ना
थापिरहेछु यौवनको व्यापार
तताउदै बाँची रहेछु चिसो चुह्लो
पल पल बाँचेर मारिरहने
म नगरबधु।

1 thought on “नगरबधु”

Leave a Reply

Your email address will not be published. Required fields are marked *