झन्डै आधि घण्टा बिताए होला सायद मैले ती सबैले बरिष्ठ मानेका ज्योतिषीसँग । उनले पनि बडा गर्वका साथ भने – “बाबु आज सम्म हेरेका हातहरूमध्ये अनौठो लग्यो यो हात मलाई …..म टिकेर भन्छु – तिमी झन्डा फहराएको गाडीमा हिड्नेछौ ।”
नाकका फोरा फुलाउँदै १०० को नोठ ज्योतिषी बाबाको हातमा हालिदिदै घरतर्फ लागेको थिएँ म आज भन्दा ३ वर्ष अगाडी। तर आज मेरा दौंतरीहरू कोही हाकिम भए, कोही क्याप्टेन भए त कोही डाक्टर । ..तर म जस्ताको तस्तै छु । एकान्तमा बसेर मैले सम्झे आज धेरै बेर टोलाएर उही ज्योतिषीलाई जसले मलाई झन्डा फहराएको गाडीमा हिड्नेछौ भनेका थिए।
मेरो जीवन आज सामान्य छ र पनि ज्योतिषी पनि आफ्नो ठाउंमा ठिकै रहेछन किनकि म जीवनको कुनै मोडमा झन्डा फहराएको गाडीमा हिडेको रहेछु । त्यतिबेला जतिबेला अहिले संबिधान बनाउछु भनेर कुर्चीमा टासो लाउने नक्कचराहरूले मलाई ठुलो प्रलोभन देखाएर प्रचार प्रसारका लागि आफ्नै पार्टीका झन्डा वाला गाडीमा हिडाई राखेका थिए……….।

हाम्रो समाजको
हाम्रो समाजको वास्तविकता!
एउटा कथाको याद आयो। एउटा योगीले एक जोडीलाई उनीहरूको छोराले बसी-बसी खान पाउने भविष्यवाणी गरेछ। त्यो सुनेर बाबुआमाबाट पुल्पुलिएको त्यस बालक कालन्तरमा डाँकु बनेछ र जेलमा परेछ। बुढा भइसकेका बाबु आमा फेरि योगीकहाँ गएर हप्काउन खोज्दा योगीले उत्तर दिएछ- “मैले के बिराएँ र? तपाईंको छोरोले जेलमा बसी बसी खान पाइरहेको त छ नि!”
कुरा “भाग्य ठुलो कि कर्म ठुलो भन्ने हो।” तर, भाग्य कोर्न सकिन्न, कर्मको पछाडि लागे फल अवश्यम्भावी छ।