समयको खाली सिउँदोमा
रङ्ग भर्ने कोशिष नगर
सीमारेखा लामो छ
अन्धकार सँगै
बादल फाट्न सक्छ
डाँडा-पाखा हिजो जस्तो छैन
पूर्ण बिराम र
प्रश्न बाचकहरू सँगै
जीवन धमिलिन सक्छ
पानीको फोका सरी
प्याट्ट फुट्न सक्छ
जीवनको सपना
पुरा नहुन सक्छ
अलौकिक मन मस्तीमा
गतिशील बेगमा
सर्बशक्तिवान हुन ब्यर्थछ
स्वार्थपूर्ण मित्रता
लामो हुन सक्तैन
जिन्दगीका जोड र घटाऊहरूमा।
हाल: चारपाने झापा,
अगष्ट ११,२०१०
