Skip to content


परदेशी हो…..ए परदेशी….
तँ तँ म म होइन अब
हामीले बुझ्नु पर्छ
छरिएर जहाँ रहे नि
एकजुट हुनु पर्छ

तीस लाख हामी परदेशमा छौं
देश धान्दै छौं हामीले,
हाम्रै पसिनामा खेल्नेहरूलाई
नेता मान्दै छौं हामीले

न त हाम्रो दु:ख देख्यो
न त देशलाई नै हेर्यो
जनता देशलाई दाउमा राखी
आफ्नै काँचुली फेर्यो

त्यसैले त एकजुट हौं
चलाउन लाई आफैं देश
ज्वालामुखी फुटाअौं हातमा
जलाउनलाई देशको शेष
ज्वालामुखी फुटाअौं हातमा
जलाउनलाई देशको शेष

राजेश रुम्बा लामा “अतृप्त”

Leave a Reply

Your email address will not be published. Required fields are marked *