Skip to content


टोलको कुनै चोकमा सहरको एउटा जगल्टे केटो बारम्बार देखिन थाल्यो । दिनदिनै उसको आवतजावत देखिरहेका मानिसहरूले ऊ आएपछि मुखामुख गर्थे, अति भएपछि केटोको गतिविधि हेरिरहेकामध्ये एउटाले केटोलाई सोध्यो

“तिमी सधैँ यता किन ?”

केटोले भन्यो – ” मलाई यताको चिया राम्रो लाग्छ ।”

अर्को दिन अर्कोले सोध्यो । केटोले रेडिमेड उतर दियो – “मलाई याताको हावापानी राम्रो लाग्छ ।”

केटोसँग थुप्रै प्रश्नहरूको उतर तयार थियो –

“मलाई यताको बाटो राम्रो लाग्छ ।”

“मलाई यताको माटो राम्रो लाग्छ ।”

“मलाई यताको पुल राम्रो लाग्छ ।”

“मलाई यताको फूल राम्रो लाग्छ ।”

“मलाई यताको कोक राम्रो लाग्छ ।”

“मलाई यताको सबथोक राम्रो लाग्छ ।”

लगतै केही दिनपछि टोलबाट एउटी केटी हराई । त्यसपछि त्यो जगल्टे केटो पनि टोलमा देखिन छोड्यो ।

हेटौडा – ४, मकवानपुर

Leave a Reply

Your email address will not be published. Required fields are marked *