Skip to content

भुलेर नि तिम्रो तस्बिर छुने छैन अब


भुलेर नि तिम्रो तस्बिर छुने छैन अब
तिम्लाई सम्झी छाती पिट्दै रुने छैन अब

पराईको सिन्दुरले खाली सिउँदो भरे पनि
दु:ख छैन तिम्रो माया सदालाई मरे पनि
आँसु झारी परेलीलाई धुने छैन अब
भुलेर नि तिम्रो तस्बिर छुने छैन अब

बिछोडको तितो ब्यथा आफैंभित्र अँगालेर
बाँच्ने आधार पीडै पीडा हृदयमा सँगालेर
फेरि हाम्रो पुनर्मिलन हुने छैन अब
भुलेर नि तिम्रो तस्बिर छुने छैन अब

“घायल योद्धा” नवरज
बनेपा कभ्रे

1 thought on “भुलेर नि तिम्रो तस्बिर छुने छैन अब”

  1. साह्रै सरल शब्दमा गहकिलो भाव!
    साह्रै सरल शब्दमा गहकिलो भाव! लेख्दै जानुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *