Skip to content

मृत्युलाई म कुर्दै छु


कति पिए रक्सी मैले,
कति ताने गाज
बाउको पैसा चोरेर
हरेक बिहान साझ !

भकारी नै रित्याइदिन्थें
चोर्दै बेच्दै धान,
सुकुलगुन्डा बन्दै हिड्थे
देखाएर सान !!

आमालाई झन् कति रुवाएँ
पैशा मागी मागौ,
तिलहरी नै खोस्थे मैले
लुक्दै हिड्थे भागी !

साथी सबै जम्मा होइन्थ्यो
ठुली कान्छीको भट्टी,
मान्छे पिच्छै काखमा हुन्थियो
पाताली र मोटी !

बल्ल आज आँखा खोल्यो
देखें सबै थुक्क,
मृत्युलाई म कुर्दै छु
बोक्दै एच आइ भी रोग
मृत्युलाई म कुर्दै छु
बोक्दै एच आइ भी रोग…………

राजेश रुम्बा लामा “अतृप्त्”

Leave a Reply

Your email address will not be published. Required fields are marked *