आफ्नो मुटु सम्झिनेले धरधरी रुवायो,
निर्दोष मेरो आँखाबाट बलेसी चुवायो।
धेरै माया गर्थे उनलाई आफ्नै मुटु झिकी दिएँ,
पापी रहेछ उनको मन मेरो प्राणै लिए ।
उस्को लागि त्यागें संसार आफैलाई नै भुलेथें,
साउने झरी पर्दा नि यो मन पुर्णे बनी खुलेथें ।
देखिनन् उनले मेरो त्याग, न देखिन् मायालाई,
भुली आफ्नो औकात, पछ्याइरह्यो छायालाई ।
राजेश रुम्बा लामा ‘अतृप्त”
