Skip to content

हाँसेकी छौ लाली अधर खोली आज

  • by
TirthaYatriPoudel-AttachPic01


मुसुमुसु हाँसेकी छौ लाली अधर खोली आज
मनै छुने कती मिठो सानी तिम्रो बोली आज।

फरिया र चौबन्दीमा सजिएर डोको बोकी
घाँस काट्न झर्यौ सानी खेत छेउको खोली आज?

तिमी हाँस्दा दाँत लहर मोती दाना झल्काउने
परदेशमा बसेको छु तिम्रो माया तोली आज।

याद आउँछ तिम्रो सधैं, ओठ टोकी सर्माएको
सम्झिएर एकान्तमा मुटु छेड्ने गोली आज।

कुदाउँछौ कोमल हात सपनीमा हर रात
बसेको छु बिपनीमा मन मुटु पोली आज।


तस्बीर श्रोत: इ-कान्तिपुर

तीर्थ (यात्री) पौडेल
लखनपुर३ झापा,नेपाल
हाल :बहराइन

Leave a Reply

Your email address will not be published. Required fields are marked *