Skip to content

ठूलो संसारमा बस्ने हामी होचा मान्छेहरू


“हजुरबुवा यत्ति ठूलो संसार कसरी सानो भयो ?”

उमेशको प्रश्नले धनप्रसाद झस्किए । “अब नातिले सताउने पर्यो कसले यसलाई के भन्दियो कुन्नि मैले पुष्टि नगरी हुन्न फेरि चित्त बुझ्दो उत्तर नपाएसम्म छाड्दै छाड्दैन ।” धनप्रसादको मनले मनसँगै कुरा गरिरह्यो ।

“हजुरबुवा किन चुप रहनुभएको भन्नुस् न हामी कसरी होचा मान्छे भयौँ ” उमेशको अर्को प्रश्न तेसर्ियो ।

धनप्रसाद चुपचाप रहे । गम खान थाले ।

“बाबू सानो र होचो कुरा कसले गर्यो ?”

धनप्रसादले प्रतिप्रश्न गर्नासाथ उमेशको प्रश्न ठडियो, “के सानो संसारका हामी होचा मान्छे हौँ भन्ने कुरा नै गलत छ ?”

धनप्रसाद हैरान भए । उनको अनुहारमा चिटचिट पसिना आयो । “केही बोलौँ त प्रश्न माथि प्रश्नको खात लाग्छ चित्त बुझ्दो जवाफ नभए इज्जत नै लिलाममा पार्छ । हाम्रो हजुरबुवालाई यो पनि आउँदैन त्यो पनि आउँदैन भुस्कोल हुनुहुन्छ भनेर चारैतिर झ्याली पिट्न थाल्छ । त्यस्तै मौका परेमा मेरै सामु मलाई पनि भुस्कोल हजुरबुवा भनेर नामाकरण गर्न बेर लगाउँदैन । यसका हरेक प्रश्नको जवाफ दिनलाई मसँग ज्ञान पनि हुनुपर्यो नि त ।” धनप्रसादको मनमा कुराहरू तँछाडमछाड गर्दै आए ।

उमेशले झकझकाई रह्यो । धनप्रसाद मौन रहँदा भए । घरिघरी उमेश अर्कै थरीका प्रश्न प्रहार गर्न थाल्थ्यो । “पख पख उत्तर दिन्छु” भन्न वाध्य थिए धनप्रसाद । “सानो संसार र होचा मान्छे” उनको दिमाखमा यही कुरा घुमिरहेको थियो । त्यत्तिकैमा उमेश कोठाभित्र पस्यो प्रधानाध्यापक सन्तोष पनि टुप्लुक्क देखापरे । दुबैका बीच अभिवादन साटासाट भयो । शनिवारको दिन भएकोले आफ्नो गाउँघर घुमफिर गरुँ कि भनेर बाहिरिएको हुँ भन्ने कुरा सन्तोष सरले गरे । नातिले प्रश्न माथि प्रश्न तेसा्रएर हैरान पारेको र उसका ती प्रश्नको जवाफ आफूसँग नरहेको कुरा गर्न पनि धनप्रसादले भ्याए ।

“यो संसार सानो भयो र हामी मान्छे कसरी होचा भयौँ उसको प्रश्न यही हो ।” उनले कुरा राखे ।

“कुरा ठीक हो संसार सानो भयो हामी होचै छौ ।” सन्तोषले मुख खोले ।

“उसो भए कसरी ” धनप्रसाद उत्साहित देखिए ।

“विज्ञान-प्रविधि साचार-यातायात आदिले एक ठाउँको सूचना अर्को ठाउँ सजिलै र क्षणभरमै पुग्छ । एक ठाउँको मान्छे अर्को ठाउँ सजिलै र क्षणभरमै पुग्छ । वर्षौँ वर्ष लगाएर तय गर्नु पर्ने यात्रा घण्टामा परिणत भएको छ । लण्डनमा घटिरहेका घटना हामी आफ्नो कोठामा तत्कालै हेर्न सक्छौँ । कतारमा लेखेको कुरा कास्कीमा बसेर तत्कालै पढ्न भेट्छौँ । पेरिसमा बोलेको कुरा तत्कालै ग्रहण गरी जवाफ फर्काउन सक्छौँ । खै कहाँ संसार ठूलो छ संसार त कोठामा कैद भइसक्यो ।” सन्तोष सरको कुरा सिद्धिन नपाउँदै धनप्रसादले लामो श्वास फेरे ।

त्यत्तिकैमा सन्तोष सरलाई उमेश नमस्कार गर्दै देखा पर्यो । सन्तोष सरले पनि नमस्कार गर्दै मेरो कुरा सुन्यौ भनेर प्रश्न राखे । “सुनेँ सर म झ्यालबाट सुनिरहेको थिएँ ।” उसले जवाफ फर्कायो ।

“उसो भए मान्छे कसरी होचो भयो त्यो पनि बुझ्न चाहन्छौ हैन ?” सरको प्रश्नको जवाफस्वरुप उसले मुण्टो हल्लायो ।

“संसारलाई सानो त मान्छेले नै बनायो तर आफू भने होचाको होचै रह्यो । मान्छे ठूलो हुनुपर्थ्यो हुनसकेन । यही त दुर्भाग्य हो हाम्रो ।”

उमेश र धनप्रसाद जिज्ञासु भएर सुनिरहेका थिए । सन्तोष सर अगाडि भन्दै गए “आजका मान्छेका मनमा लोभपाप, जालझेल, षड्यन्त्र, स्वा,र्थ तेरो-मेरोको निकृष्ट भावना, क्षद्रता, अहङ्कार, इर्ष्या, पापाचार, दुराचार, अनाचार, कामेच्छा, मात्स,र्य दुष्टता जस्ता कुभावना आए र आजका मान्छेमा मानवता नै हराएको छ । आजका हामी ढोँगी स्वार्थी संकीर्ण आडम्वरी भयौँ । स्वावलम्वी तथा स्वनिर्भर संस्कृतिका कुराहरू भुसुक्कै बिर्सियौँ । लुच्चा लफंगा स्वार्थी कामचोर दलाल भ्रष्टाचारी द्रव्यपिपासु मात्र भयौँ । त्यसैले हामी अग्लो हुन सकेनौँ ।”

उमेश र धनप्रसाद छक्क पर्छन् । सन्तोष सर अगाडि थप्छन् “हामीले अग्लो मान्छे बन्न सगरमाथाजस्तै ठूलो छाती पार्नुपर्छ । संसारलाई दिने काम मात्र गर्नुपर्छ लिने काममा लिप्त हुनुहुन्न । विज्ञान-प्रविधि साचार-यातायात आदिले ल्याएको प्रगतिलाई व्यक्तिगत स्वार्थको तराजुमा तौलनुहुन्न संसारको उन्नतिमा लगाउनुपर्छ । यसो भएमा मात्र हामी अग्लिन सक्छौँ ।”

“लक्ष्मी रिजाल म्याडमले निबन्ध लेख्न दिनुभएकोले मैले जिज्ञासा राखेको थिएँ । अब मलाई धेरै जानकारी भयो । अब म निबन्ध लेख्न गएँ ।” यत्ति भन्दै नमस्कार गर्दै उमेश बाहिरियो । धनप्रसाद र सन्तोष सर मुखामुख गर्न थाले ।

०६६।११।११

तपेश्वरी-१ गल्फडिया, उदयपुर।
हाल ः लिट्ल फ्लावर मा.वि. राजविराज-९ सप्तरी
फोन नं. ०३१५२००३८
सम्पर्क ः ९८४२८२९२०६/९८०७७३४६७१

7 thoughts on “ठूलो संसारमा बस्ने हामी होचा मान्छेहरू”

  1. प्रस्तुति र विषय साह्रै
    प्रस्तुति र विषय साह्रै मिलाउनुभएको छ। बाल मनोभावलाई उतार्न एकदम सफल हुनुभा’छ ।

    1. केबीएस सर यो कथाले क्षेत्रीय
      केबीएस सर यो कथाले क्षेत्रीय स्तर हुँदै राष्ट्रिय स्तरमा प्रतिस्पर्धी हुने मौका पाको थियो
      तर पुरस्कार भने क्षेत्रीय स्तरकै भेट्टाएको थियो
      केही नियम आधारित भएर लेख्ने नियम थियो

      जे होस कथालाई मन पराएर ठाउँ र प्रतिक्रियाका लागि
      हार्दिक धन्यवाद
      राष्ट्रिय एकतामा सानो सहयोग पुगेमा आफूलाई धन्य ठान्छु

  2. उमेश बाठो रहेछ।
    मुना

    उमेश बाठो रहेछ।
    मुना पत्रिकातिर देखिने किसिमको कथा । लेख्ने शैली राम्रो लाग्यो नन्दलाल सर।

  3. Kbs G माथि भलाकुसारीको ठाउँमा
    Kbs G माथि भलाकुसारीको ठाउँमा भा हुनपुगेछ
    गगनजीको हाइकुकथा बारे जानकारीका लागि धन्यवाद
    प्रकाश माइलाजीले मेरो जिज्ञाशा शान्त पार्नु भएकोमा फेरि धन्यवाद
    बालकथा बारे सदासयताका लागि धन्यवाद abhairab g
    युवा सर्जकको भलाकुसारी पढ्न लालायित हुँदै….

    (जा+गिर=जागिर)
    ले भनेजस्तो कार्य गर्न नदिएको सम्झदै
    नमस्कार !

  4. ओहो, नन्दलालजी, त्रुटी
    ओहो, नन्दलालजी, त्रुटी औंल्याइदिनुभएकोमा धन्यबाद छ! सायद मेरो मझेरीमा गरेको सबभन्दा लज्जास्पद गल्ती होला यो!

  5. नारायण !! नारायण !!!
    ठूलो

    नारायण !! नारायण !!!

    ठूलो काम गर्नेले सानोतिनो कुरोलाई ठूलो ठानेर गन्तव्यमा पुग्न धरमराउनु भएन कि!
    घोडा चढ्ने नै लड्छ
    ! फुर्सदमा साहित्यको फूलबारी गोडमेल गर्दा (हडबडमा) यदाकदा यस्ता प्रवृति देखिनु स्वभाविक हो !
    म त धेरै पटक चुकेको छु
    पाठ सिक्छु
    त्यस्तै हो
    सम्झेको मात्रै धन्यवाद

  6. कथा ज्यादै मार्मिक लाग्यो
    कथा ज्यादै मार्मिक लाग्यो नन्दलाल सर

Leave a Reply

Your email address will not be published. Required fields are marked *