Skip to content

एक दिन हामी नभेट्दा


एक दिन हामी नभेट्दा
बर्षौ भए जस्तो लाग्छ,
स्थिरमा हुन्न यो मन मेरो
सागर सरी कतै भाग्छ !

खोज्न खोज्छन नयनहरू
कतै टोलाउदै,
हिंडौ लाग्छ कतै यो मन
तिमीलाई बोलाउदै !!

पारीपट्टि सुसिलिदै तिमी
आए जस्तो लाग्छ,
हेर्दा त्यता नदेख्दा, बादल
छाए जस्तो लाग्छ !

झरनाको पानी जस्तै
आँशु बर्षाद पोखौ लाग्छ,
सुन्य हुन्दा अगमन तिम्रो,
चले मुटु रोकौ लाग्छ !

एकदिन हामी नबोल्दा
बर्षौ भए जस्तो लाग्छ,
सिमलको भुवा यो मन
मलाई छाडी कता भाग्छ

सिमलको भुवा यो मन
मलाई छाडी कता भाग्छ

राजेश रुम्बा लामा “अतृप्त्”

2 thoughts on “एक दिन हामी नभेट्दा”

Leave a Reply

Your email address will not be published. Required fields are marked *