Skip to content

पीर उस्तै उस्तै

  • by


तिमी उता, म छु यता पीर उस्तै उस्तै
मेरो हिड्ने बाटो अनि भीर उस्तै उस्तै।

गरिबीले थालिए छु ऋन माथि ऋण छ
मैले खाने ढिडो रोटो खीर उस्तै उस्तै।

आफन्तको बचन बाण हेला तिरस्कार
मुटु छेड्ने कटु बचन तीर उस्तै उस्तै।

कहिल्यै पिछा नछोड्ने भो साहु महाजनले
अभागी यो तिम्रो मेरो शीर उस्तै उस्तै।

तीर्थ “यात्री”पौडेल
लखनपुर ३ झापा

Leave a Reply

Your email address will not be published. Required fields are marked *