के उपहार दिउ तिमीलाई
मा आफै गरिब भएको छु
के विश्वास दिउ तिमीलाई
मा आफै अविश्वासमा जाकिएको छु
कुन सफलताको कामना गरौ तिमीलाई
मा आफै विश्वासको लाएक रहिन
कुन सुन्दरताको लायक राखौ तिमीलाई
मा आफै कुरुपताले भरियेछु
कुन जिउने आशा दिउ तिमीलाई
मा आफै मिर्तुको संघारमा पुगेको छु
