लिलामी छ यो मन मेरो,
कोहि छ भने
“भने” हुन्छ,
गहिरहिमा डुबी रहन्छ
सक्छौ भने
“खने” हुन्छ !
पौन सक्छ मोति दाना
यो मन लिई
“पसे” हुन्छ,
अरु मलाई चाहिन्न भो
अंगालोमा
“कसे” हुन्छ !!
लिलामी छ यो मन मेरो
न्यानो अंगालोमा
“कसे” हुन्छ,
पोख्न खोज्छ चारैतिर
सक्छौ भने
आकास सरि
“फाटे” हुन्छ !!
राजेश रुम्बा लामा “अतृप्त’
