Skip to content

बैसालु मनहरूमा (तीजको कविता)

  • by


छातीभित्रको असैह्य पीडालाई
हाँसो र खुशीमा बदल्दै
बितेका बर्षहरू झै
बैंसालु मनहरूमा
सुमधुर मुस्कान छर्दै
के तराई के पहाड
के स्वदेश के बिदेश
रातो साडी र हरियो पोतेमा
उल्लास, आनन्द र रोमान्चक
अनुभुती साट्न
भावयुक्त सुन्दर र गहन
गीतहरू सङ्गै
आएकाछौ तीज
तिमीलाई स्वागतछ
झुप्रा र महलहरूमा।

भत्केको अतित
द्वन्दको मारले पिल्सिएको हामी
अनिष्चित भबिष्य बोकेर
डायस्पोरिक भएकाछौ
शरणार्थिक, निर्बासित वा बिस्थापित
जे भने पनि हुन्छ भन,
तीजको रमाइलो आयो बरिलै
नगर है पुरुष हेला छोरी चेलीलाई ।।

जिन्दगीका बाटाहरूमा
समयको रेखाहरू सङ्गै
उज्यालोको रङ्ग खोज्दै
घायल मनहरू
बिभिन्न रङ्गहरू
हजारौ प्रश्न र पीडाहरू
मनभरी उन्दै
भौतारिएका हामी
जे भने पनि हुन्छ भन,
दु:ख भुली नाचौ नचाउ हासौ बरिलै
हस्तछेप नगर है छोरी चेलीलाई ।।।

हृदयका थुम्काहरूमा
धुकधुकिका तरङ्गहरूमा
बैसालु खित्काहरू सँगै
सुस्केरा गुन्जाउदै
जीबनका थप उर्जाहरू भर्दै
हिउद, बर्षा, झरी र बादल नभनि
रुप र यौबनले धपक्क बलेका
अबोध मनहरूलाई
जे भने पनि हुन्छ,
दम्भको उन्मादलाई फालौ बरिलै
हेला होचा नगर है छोरी चेलीलाई ।।।।
जय तीज।

उषा गिरी
चारपाने झापा
हाल:ब्रसेल्स, बेल्जियम

Leave a Reply

Your email address will not be published. Required fields are marked *