लौ है अब तीज आयो रातो सारी किन है ।
सजिएर रमाउदै माइती घर हिन है ।।
दर खाने रातैभरि सबै मिली पकाएर ।
भोलि उठी ब्रत बस्ने रातो सारी लगाएर ।।
छम्म छम्म नाची दिनु तीजको गीत गाएर ।
सबै जाना रमाउने तीजको बत्ती जगाएर ।।
सबै दु:ख बिर्सिएर रमाउनु है तीजमा ।
भुली दिनु पिडाहरु जति थिए समीपमा ।।
रमाइलो रहोस् यो बर्षको तीज
पुरा होस् सबको चाहना ।
यही छ यो प्रेमको सम्पूर्ण नेपालीलाई
२०६७ सालको तीजको शुभकामना ।।।
प्रेम बाबु premqn.2007@yahoo.com
