Skip to content

माइतीघरको असीम माया फुकाएरै लान्छु

  • by


माइतीघरको असीम माया फुकाएरै लान्छु
तिम्रै खातिर रीतिथिति चुकाएरै लान्छु ।

भावीले नै तिम्रो मेरो जोडी जुरा रैछ भने
के छ चलन शिर पनि झुकाएरै लान्छु ।

धेरै छन् लोभी नजर छायाँ परी बस
तिम्रो ईष्र्या गर्नेको मन दुखाएरै लान्छु ।

एक्लो मेरो जिन्दगीलाई, तिम्रोसाथ मिल्छ भने
आफन्तको आँसु पनि सुकाएरै लान्छु ।

स्वीकार्यको सङ्केत मात्र मलाई दियौ भने
केही दिनमै घुम्टोभित्र लुकाएरै लान्छु ।

-काउले-१, खोटाङ

Leave a Reply

Your email address will not be published. Required fields are marked *