सुतेको हाम्रो चेतनालाई जगाऔं मानव
नित्य सत्कर्ममा आफूलाई लगाऔ मानव
महा-मानव बन्ने कसरी अब सोच्नै पर्छ
खुशीले प्रफुल्ल बनि रिस भगाऔ मानव
जन्मलिएको घर आँगनले बोलाउँदै छ
केही पसिना जन्मभूमिमा बगाऔ मानव
सुख र,सम्पत्ती केहीदिनका हुन्छन् साथी
इच्छा,आकाङ्क्षा कमगरि अघाऔ मानव
मार्गनिर्देशक बनेकोथ्यो घाँसी भानुभक्तको
थोरै दायित्व आफ्नो ठानेर सघाऔ मनाव
