Skip to content

एक जुगमा एक दिन एकचोटि आउँछ
उलटपुलट, उथलपुथल, हेरफेर ल्यांउँछ

लाटासुधा बोल्न थाल्छन्, चल्न ओठ दु:खको
सहे भनी सझएका इख फेर्न उठ्तछन्
गए भनी नदेखिएका फर्कीफर्की आउँछन्
सुते भनी सम्झिएका सुरुसुरु हिंड्छन्
मरे भनी फ्याँकिएका जुरुजुरु हिंड्छन्

खरानी हुन्छ भरभराउँदो, हुरी चल्न थाल्दछ
कायर पनि वीर हुन्छन्, वेग चल्छ जोशको
हाहाकार मच्छ यहाँ पाप खुल्न थाल्दछ
एक जुगमा एक दिन एकचोटि आउँछ !

Leave a Reply

Your email address will not be published. Required fields are marked *