Skip to content

फुलौं साथी…. डुलौं साथी …..


बसन्तले साथ नदिए
फूल कहाँ फुल्थ्यो होला,
पौरखी ती हात नभए
धान कहाँ झुल्थ्यो होला !

फूल जस्तै फुलाऊँ मित्रता
बसन्तले झैं साथ दिई,
प्रगतिपथमा लम्कौं साथी
एक अर्काले हात दिई !!

चेतनामुलक वासना दिंदै
सुगन्धित फूल फुलाऔं साथी,
सचेतनाको बिगुल फुक्दै
वस्ती वस्ती हामी डुलौं !
सचेतनाको बिगुल फुक्दै
वस्ती वस्ती हामी डुलौं …

राजेश रुम्बा लामा “अतृप्त’

2 thoughts on “फुलौं साथी…. डुलौं साथी …..”

  1. शायद भाग्य लेख्ने मसी कालो
    शायद भाग्य लेख्ने मसी कालो परेछ
    लज्जा छोप्न मागेको त टालो परेछ

    मिल्ने भए फेर्थे बरु भाग्यलाई पनि
    फेर्नै भनी खोजेको त जालो परेछ

    दर्ह्यो भाग्य हुनेलाई हाँसो र खुशी
    मेरो भागमा बेखुशीको पालो परेछ

    सृष्टिको सुन्दर उप’हार रे जीवन
    आफ्नो भने दुख्ने घाऊ आलो परेछ

    1. woww woww..kya baat hey..tara
      woww woww..kya baat hey..tara hajurko naam 6aadna navulnu hola..mero binti 6….

Leave a Reply

Your email address will not be published. Required fields are marked *