गौरवले नेपाली हुँ भन्न पाइएन ।
देशको पहरेदार बन्न पाइएन ।
साहुको खेतमै सधैं दिन बिताए नि
कठै हाम्ले आफ्नै भनी खन्न पाइएन ।
के भनौ खै! खुट्टा तान्दै ठिक्कै सबैलाई
कसैलाई देशभक्त गन्न पाइएन ।
हजारौं बिगाहा छन कसैका जमिन
एक पेट खाना खान टन्न पाइएन ।
बिदेश परस्त नेताकै कारण आज
बिदेशी नागरिकता धन्न पाइएन ।
