अभावै-अभावको
तितो अनुभूती बोकी सन्त
मायाको घरको संघार नांघेर
फेरी भित्रियो दसैं!
रातो रंगमा एक
पसर चामल झिँकेर
रंग्याउँछे सन्त माया
दसैंलाई स्वागत गर्नको
लागि!”
टिका थाप्न आउँने-जानेलाई
भनेर छुट्याएका सेता
खामहरु यसपाली पनि
खालीनै लम्पसार परेका छन्
थालको एक छेउमा!”
“तर पनि जिवितै
छन्,मनको एउटा कुनामा
बिस बर्ष अघि उस्की
आमाले दिएको आसिस
खान पुगोस् दिन पुगोस्!”
उस्की आमाले दिएको
आसिसलाई मुलमन्त्र
मान्दै पैसाको अभावमा
एउटा स्याउको दानो
हातमा थमाएर
उ,पनि यही आसिस दिन
भुल्दिन आउने-जानेलाई
खान पुगोस् दिन पुगोस्!”
अभावै-अभावको
तितो अनुभूती बोकी सन्त
मायाको घरको संघार नांघेर
फेरी भित्रियो दसैं!”
गीता थापा (दोषी)
