१
लाली ओठमा लाएको सम्झन्छु धाएको
देउरालीमा गएर सँगै बाचा खाएको
भुल्यौ कि
अर्कैसँग जीवन घोल्यौ कि।
२
मायालुको यादले सताउछ दिनदिन
भेट हुँदा मलाई भन्ने हो कि चिन्दिन
गोरीले
गालै पार्ने होकी मोरीले।
३
उसकै पिरले सुकेर गयो जीवन
खडेरीको भटमास झैँ भयो यौबन
मानिन
उस्लाई माया गर्न जानिन।
तीर्थ “यात्री”पौडेल
लखनपुर ३,झापा ,नेपाल
हाल:बहराइन
२०६७/६/१६/
